कमल ,मंसिर २÷कमल गाउँपालिकाले डेंगु लगायतका किटजन्य रोगहरुको नियन्त्रणकालागी लामखुट्टेको वासस्थापन खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुर गरेको छ ।
डेंगु रोग भाईरष बाट हुने एडिस एजिष्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाई बाट सर्ने संक्रमक सरुवा रोग भएकोले यो रोग सार्ने लामखुट्टे को वासस्थान पत्तालगाई लार्भा नष्ट गर्ने अभियानमा गाउँपालिकाको स्वस्थ्यका सम्पुर्ण कर्मचारी तथा जनप्रतिनिधी सहितका टोलि लागि परेको छ ।

डेंगु रोग भाईरष बाट हुने एडिस एजिष्टाई जातको लाम खुट्टे बाट सर्ने रोग भएकोले यसको वासस्थान खोज्ने कार्य भै रहेको छ । खोजी गरिएका स्थाम मध्ये अहिले सम्ममा कमल गाउँपालिका ३ केर्खा मा रहेका मोटरसाईकल ग्यारेजमा डेंगु रोग लगाउने एडिस एजिष्टाई जातको लाम खुट्टेको लार्भा फेला परेको र त्यसलाई नष्ट गर्ने काम भै रहेको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारी दिनुभयो

डेंगु रोग बाट बच्नकालागी लामखुट्टेको टोकाई बाट बच्नु पर्छ । यसकालागी लामखुट्टेको बृद्धि रोक्नु अनिवार्य हुन्छ जसकालागी थोरै र सफा पानि जम्न सक्ने भाँडा , गमला, फुलदानी, टायर , खालिड्रम जस्ता समाग्रीमा पानि जम्न नदिने, पानिको टंकिमा लामखुट्टे प्रवेश गर्न नदिने ,कुलर र एसि बक्समा रहेको पानिमा प्रत्यक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने र गमलाको पनि हप्तामा कम्तिमा दुई पट फेर्नु पर्ने लयागतका कुरामा ध्यानदिन सके लामखुट्टेको टोकाई बाट बच्न सकिने स्वस्थ्यकर्मिले सुझादिनुभएको छ ।