कमल गाउँपालिकाले व्यवसाय प्रवर्धन घुम्तीकोष वापतको २ करोड रुपैया वितरण

उमानाथ भण्डारी

This image has an empty alt attribute; its file name is u.jpg

कमल,मंसिर ४÷ कमल गाउँपालिकाले व्यवसाय प्रवर्धन घुम्ती कोषको वापतको रकम वितरण गरेको छ ।
गाउँपालिकामा रहेर पशुलान गर्दै आएका कृषकलाई व्यवसाय प्रवर्धन घुम्ती कोषको वापतको रकम बाट १ लाख ७० हजार देखि २ लाख रुपैया सम्म प्रदान गरीएको छ । कृषकले सो रकम आफुले इच्छाएको सहकारी मार्फत लिन सकिने गरी व्यवस्था गरिएको गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is q.jpg


व्यवसाय प्रवर्धन घुम्ती कोषकालागी गाउँपालिकाले २ करोड रुपैया विनियोजन गरेको थियो । कृषले आफुले लगेको कोषको रकम भुक्तानी गरिसकेपछी व्याज मिनाहा हुने छ । कृषकले कोषको रकम पाउँ भनी निवेदन दिएका आधार सातै वाडका १ सय जना पशुपालक कृषकलाई चेक वापत रकम प्रदान गरिएको कमल गाउँपालिका पशुसेवा शाखाका प्रमुख दिनेन्द्र लामिछानेले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is op.jpg


कृषकले कमल गाउँपालिकामा वडा नम्वर २ स्थित पुर्वनेपाल वहुउद्देश्यीय सहकारी सस्था, र वडा नम्वर ६ स्थित साना किसान कृषि सहकारी सस्था लगायत ११ वटा सहकारी मार्फत रकम लिन सकीने गाउँपालिकाले जनाएको छ ।



			
		
Back to top button