उमानाथ भण्डारी
कमल ,मंसिर ४÷ कमल गाउँपालिकाको आयोजनामा प्रथम उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ ।
आगामि २०७८ साल मंसिर १४ गते देखी १६ गते सम्म झापा जिल्ला का १५ वटा पालिका बिच भलिवल प्रतियोगिता हुने भएको कमल गाउँपालिका शिक्षा शाखा प्रमुख तथा प्रतियोगिता मुल आयोजक समितीका सदस्य सचिव सुर्य प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

प्रतियोगिता कमल गाउँपालिका वडा नम्वर ३ स्थित खेल मैदानमा सन्चालन हुने छ । प्रतियोगितामा प्रथम हुने पालिकालाई १ एकलाख १ हजार तथा द्वतिय हुने पालिकालाई ५१ हजार रुपैया का साथै ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने छ भने प्रतियोगिताका उत्कृष्ट खेलाडी लाई समेत पुस्कृत गरिने आयोजकले जनाएको छ ।
कार्यक्रम कमल गाउँपलिका खेलकुद विकास समितका संयोजक तथा वडा नम्वर ४ का वडा सदस्य चतुर्भुज सुवेदीको अध्यक्षतमा भएको थियो ।