लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

उमानाथ भण्डारी

कमल, मंसिर ९ ÷ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आज देखि विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको ।
“ घरैबाट सुरु गरौ महिला हिंसा अन्त्य गरौ” भन्ने नाराका साथ आज बाट कमल गाउँपािलकाले समेत विभिन्न कार्यक्रम गरेर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको छ ।
लिंगका आधारमा मान्छे माथि हुने सबै खाले हिंसा विरुद्ध अभियान सन्चाल गर्ने उदेश्यका साथ प्रत्येक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म १६ दिन सम्म अन्तराष्ट्रिय स्तरमा यो दिवश मनाईने गरिन्छ ।
सन १९६० नोभेम्वर २५ मा ल्याटिन अमेरीकामा एक आमसभामा सम्बोधन गर्ने क्रममा त्याहाको तानाशाही सरकारले ३ जना दिदी बहिनीलाई गिरफ्तार गरि ११ महिना सम्म जेलमा राखी सामुहिक हत्या गरेको थियो । सोहि दिनलाई सन १९९९ मा संयुक्त राष्ट्र संघको महासभाले अन्तराष्ट्रिय महिला विरुद्धको हिंसा उन्मुलन दिवश मनाउन थालेको कमल गाउँपालिका महिला तथा बालबालिका शाखाका प्रमुख रेनुका गौतमले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is uy-1-1024x768.jpg


लैंगिक हिंसा विरुद्ध हुने घटनालाई न्युनिकरण गर्न नेपाल सरकाले विभिन्न ऐन,निती नियम बनाएर कार्यन्वय गर्दैछ । सुरुमा महिला हिंसा विरुद्ध हुनेगरेका घटनालाई न्युनिकरण कार्यन्वय विभिन्न कार्यक्रम गर्ने गरेपनि पछिल्लो समय महिला मात्र नभएर पुरष पनि हिंसामा पर्ने गरेकोले यो दिवशलाई लैंगिक हिंसा विरुद्धको अभियानकारुपमा मनाउन थलिएको कमल गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत काजिमान राईले बताउनुभयो ।
विषेश गरेर महिलाको कमजोर आर्थिक तथा सामाजिक अवस्था, स्वस्थ्य शिक्षामा कमजोर हुनुका साथै जनचेतना र सुचनामा कमि , नेतृत्व तहमा महिलाको न्युन सहभागिता, घरेलु हिंसा सहने तथा हिंसालाई सामान्य रुपमा लिने प्रवृतिले महिला हिंसा बढी हुने गरेको हो ।
महिला हिंसालाई न्युनिकरण गर्न नेपाल सरकारले तीनै तहमा विभिन्न समिति गठन गरेको छ भने । विभिन्न अभियान तथा सचेतना मुलक कार्यक्रम सन्चालन गर्दै आईरहेको छ । कार्यपालिका सदस्य तारा बोगटीको अध्यक्षमा भएको कार्यक्रममा वडा नम्वर ६ का वडा अध्यक्ष डम्वर बहादुर निरौला, वडा नम्वर ५ का अध्याक्ष नरेन्द्र भट्टराई लगायतले बोल्नु भएको थियो भने पंजिकरण शाखाकी प्रमुख मन्जु दाहालले सन्चालन गर्नु भएको थियो ।

Back to top button