गोविन ल्वागुन
शिवसताक्षी, मंसिर १० ।भोलि शनिबारबाट आयोजना हुने प्रथम एनी फाक्तेप गोल्डकप २०७८ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । उद्घाटन खेलको प्रमुख अतिथि एन्फाका वरिष्ट उपाध्यक्ष पंकज विक्रम नेम्बाङ रहने खेल संयोजक सन्तोष थेगिमले जानकारी दिए ।
फाक्तेप फुटबल क्बलको आयोजनामा भोलि मंसिर ११ गतेदेखि १८ गते सम्म हुने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्दैछन् । जसअन्तर्गत पथरी फुटबल क्लब मोरङ, दुधौली स्पोटिङ क्लब सिन्धुली, जलथल फुटबल क्बल झापा, रोयल स्पोटिङ क्लब दमक, माईभ्याली फुटबल क्लब इलाम, धरान सि.टी. फुटबल क्लब सुनसरी, फाक्तेप फुटबल क्लब आयोजक र तुर्केनी फुटबल क्लब काँकडभिट्टा रहेका छन् ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः १ लाख १ हजार र ५१ हजार ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तैगरी म्यान अफ द सिरिज र हाइस्कोरले नगद रु. ५ हजार र ट्रफी हजार, उत्कृष्ट फरवर्ड, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्सले नगद रु. ३ हजार र ट्रफी प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ द म्याचले घ हजार नगद र ट्रफी प्राप्त गर्नेछन्
भोलिको उद्घाटन खेल पथरी फुटबल क्लब र दुधौली स्पोर्टिङ क्लब बीच हुनेछ ।