लायन्स र लियो क्लव द्वारा केर्खा रक्तदान कार्यक्रम

कमल, मंसिर ११ ÷ लायन्स क्लव अफ केर्खा र लियो क्लवअफ केर्खाको आयोजना तथा नेपाल रेक्रस सोसाईटी दमक उप शाखाको प्राविधिक सहयोगमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रगतको अभावलाई न्युनिकरण गर्नका लागी लायन्सको अगुवाईमा शनिवार कमल गाउँपलिका ३ केर्खामा रक्तदान कार्यक्रममा सम्पन्न भएको हो ।
रगत दान जिवन लान भन्दै स्वतस्फुर्त रुपमा रगत दान गर्दै आएका मानिस पछिल्लो समय कोभिडको कारण रगत दिन डराउन गरेका छन् । तर पनि झापामा धेरै संघ सस्था छन् र तिनको अगुवाईमा रगत दान गार्नेको संख्यामा कुनै कमि नआएको नेपाल रेक्रस सोसाईटी दमक उप शाखाका प्रवर्तक सिद्धार्थ दाहाल बताउनुहुन्छ ।
कार्यक्रममा ४५ जनाले रगतदान गर्नु भएको लायन्स क्लव अफ केर्खाका अध्यक्ष देवी प्रसाद दाहालले जानकारी दिनुभयो ।



			
		
Back to top button