अन्तरपालिका स्तिरीय प्रथम उपाध्यक्ष भलिबल खेल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

कमल , मंसिर १४–झापाको केर्खामा सञ्चालन हुन लागेको कमल गाउँपालिका प्रथम उपाध्यक्ष भलिबल खेल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता मंसिर १४ आज देखि केरखा खेल मैदानमा हुनेछ ।

झापा जिल्लाभित्रका पालिका स्तरीय हुने उक्त प्रतियोगितामा जिल्लाभरीका १० वटा पालिकाहरुको सहभागिता रहने खेल समितिका संयोजक सुदिप राईले बताए । प्रतियोगिता अपरान्ह १ बजेदेखि सुरू हुनेछ ।

संयोजक राईका अनुसार प्रतियोगितामा बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र विर्तामोड नगरपालिकाको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेता टोलिले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५१ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने संयोजक राईले बताए ।

Back to top button