तुर्केनी फुटबल क्लब काँकडभिटा विजयी

गोविन्द ल्वागुन

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रथम एनी फाक्तेप गोल्डकप २०७८ अन्तर्गत आज भएको खेलमा तुर्केनी फुटबल क्लब काँकडभिटा विजयी भएको छ ।

तुर्केनी फुटबल क्लबले आयोजक फाक्तेप फुटबल क्लबलाई १ –२ गोल अन्तरले स्तब्ध पार्दै सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समयको पहिलो हापको औं मिनेटमा स्याम मुर्मुको गोलबाट जलथलले अग्रता लिएको थियो ।

खेलको ११ औं काँकडभिटाका जर्सी नं. ६ का इन्द्रजंग लिम्बुले गोलको खाता खोलेका थिए । त्यसपछिस आयोजकका तर्फबाट ३२ औं मिनेटमा रजिन माझीको पास मनिश लिम्बुले गोल गरी खेललाई बराबरीमा ल्याएका थिए । पहिलो हाफमा १ – १ को बराबरी खेलेको दुवै टिमले राम्रा अवसरहरु मिस गरेको थियो । दोस्रो हाफको ६७ औं मिनेटमा काँकडभिटाका विकेश लिम्बुले गोल गर्दै आफ्नो टिमलाई विजयी गराए ।

खेलको म्यान अफ द म्याच विजेता टिमका निर्णायक गोलकर्ता विकेश लिम्बु घोषित भए । भोलिको पहिलो सेमिफाइनल खेल पथरी स्पोटिंग क्लब भर्सेस धरान सिटी फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ ।

Back to top button