तुर्केनी फूटबल क्लब काँकडभिटा ‘फाक्तेप गोल्डकप’को फाइनलमा प्रवेश

गोविन्द ल्वागुन

शिबसताक्षी, १६ मंसिर–झापाको शिवसताक्षीमा जारी ‘एनी फाक्तेप गोल्डकप’को आज भएको दोस्रो सेमिफाइनल खेलमा तुर्केनी फुटबल क्लब काँकडभिट्टा विजयी हुँदै फाइनल प्रवेश गरेको छ ।

आज (विहिबार) भएको दोस्रो सेमिफाइनल खेलमा तर्केनी फुटबल क्लबले जलथल फुटबल क्लब हल्दीबारीलाई ६–१ को विशाल गोल अन्तरले पराजित गरेको हो ।

काँकडभिट्टाको तर्फबाट खेलको पहिलो हाफको १५ औं मिनेटमा मिलन लिम्बुले गोलको खाता खोलेका थिए । यस्तैगरी २२ औं मिनेटमा विदेशी खेलाडी सोह्वील, २५ औं मिनटेमा योगेश गुरुङले एक–एक गरे ।

यस्तै खेलको दोस्रो हाफको ५१ औं मिनेटमा अफ्रिकन खेलाडी योमीले गोल गरे, त्यसपछि खेलको ६९ औं मिनेटमा पुनः मिलन राईले सुनौलो गोल गरे । निक्कै नै उत्कृष्टक खेल प्रदर्शन गरिरहेको काँकडभिट्टाले गोल थप्ने कार्यलाई निरन्तर अघि बढाइनै रहे यत्तिकै मिलन गुरुङ र खेलको अन्त्य ७२ औं मिनेटमा गोल गरे । यस्तै, जलथल फुटबल क्लब हल्दीबारीका तर्फबाट सरोज कार्कीले ६७ औं मिनेटमा सान्तवना गोल गरे ।

खेलको म्यान अफ द म्याच विजेता टिमका विदेशी खेलाडी अबयोमी फकुन्ले घोषित भए । उनलाई प्रतियोगिताको मुख्य प्रायाजक एनी ब्राण्डका प्रमख सन्तोष थोप्राले ट्रफी, मेडल र नगद प्रदान गरेका थिए ।

प्रतियोगिताको फाइनल खेल शनिबार धरान सि।टी। फुटबल क्लब र आजको विजेता तुर्केनी फुटबल क्लब काँकडभिट्टाबीच हुने आयोजकका अनिल लिम्बुले जानकारी दिए ।

Back to top button