खेलकुद तर्फ सरकारको योगदान र भुमिका न्युन ः अध्यक्ष नेम्वाङ्ग

उमानाथ भण्डारी

कमल , मंसिर १७ ÷ संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले खेलकुदको क्षेत्रमा राज्यको तर्फ योगदान र भुमिका हुनुपथ्र्यो त्यो हुन सकेन यसमा सबैको ध्यान जान आवश्यक रहेको बताउनु भएको छ ।
सो कुरा आज आज दिलमाया स्मृती कप २०७८को उद्घाटन पछि आफ्नो मन्तव्यका क्रममा नेम्वाङ्गले बताउनु भएको हो ।
खेलकुदको क्षेत्रमा जे जति भएको छ त्यो निजीक्षेत्र बाट भएको छ त्यसलाई धन्यवाद दिन चाहान्छु । साथै प्रतियोगिता प्रायोजन गर्ने र विन्भिन्न ढग बाट यसलाई सम्पन्न गर्न लाग्नुहुने सम्पुर्णटिमलाई समेत नेम्वाङ्गले धन्यवाद दिनु भएको थियो ।
सम्वृद्ध नेपाल र सुखी नेपाली हुनलाई जनता निरोगी हुन्छ पर्छ । निरोगि हुनलाई खेलकुद र व्यायम आवश्यक पर्छ । जनता निरोगी भएन भने सम्वृद्ध नेपाल र सुखी नेपाली सम्भव हुदैन यदी मुलुकलाई सम्वृद्ध बनाउने हो भने खेलखुद आवश्यक पर्ने नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले बताउनु भयो ।
पुरानोे शैलि र सस्कार अनुसार परिवारका सदस्यको मृत्यु हुदँ चौतारो रईनार कुवा बनाउनु चलन थियो त्यो अहिले हराउदै गएकोले परिवारका सदस्यको स्मृति र मृत आत्माको शान्ति र सधै सम्झनाकालागी दिलमाया स्मृती कप सुरुगरिएको स्मृति कपका सस्थापक तथा झापा क्षेत्र नम्वर ४ का संघिय संसद एल पि साँवाले बताउनु भयो ।
शिवसताक्षी नगरपालिका वडा नम्वर ११ स्थित दुधे खेल मैदानमा सम्पन्न प्रतियो गितामा झापा क्षेत्र नम्वर ४ का २८ वटा वडा बाट छनौट भएर आएका ८ वटा टिम सहभागी रहेका छन् । प्रतियोगिताको फाईनल खेल आगामी मसिर २५ गते हुनेछ । शुक्रवार भएको पहिलो खेलमा झापा गाउँपालिका वडा नम्वर ७ लाई शुन्य का विरुद्ध १ गोल गर्दै शिवसताक्षी नगरपालिका वडा नम्वर ११ विजयी भएको खेल संयोजक सुनिल भेटवालले जानकारी दिनुभयो ।
प्रतियोगितमा प्रथम हुने टिमले नगद २ लाख २५ हजार रुपैया सहित ट्रफि ,मेडल र प्रमाणपत्र पाउने छन् भने द्वतिय हुने टिमले नगद १ लाख २५ हजार सहित ट्रफि ,मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन मा नौमति बजा सहित विभिन्न जातजाती का झाँकि प्रस्तुत गरिएको थियो भने कार्यक्रम खेल संयोजक सुनिल भेटवाल को अध्यक्षतामा सम्पन्न भएको थियो ।

Back to top button