उमानाथ भण्डारी
कमल ,मंसिर १८÷ १ नम्वर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले नेपालको फुटवल ईतिहासमा पुर्वाञ्चलको धेरै ठुलो योगदान रहेको बताउनु भएको छ ।
सो कुरा आज झापाको शिवसताक्षी नगरपालिका ७ स्थित बालसेवा आधारभुत बिद्यालयको खेल मैदानमा सम्पन्न फुटवलको फाईनल खेल उद्घाटन पछि आफ्नो मन्तव्यका क्रममा बताउनु भएको हो ।

झापा,मोरङ्ग र सुनसरी बाट ठुलो संख्यामा राष्ट्रिय टिममा फुटवल खेलाडी सहभागी हुने यो उर्भर भुमिमा समेत राम्रो खेलमैदान नहुन दुःख दायी कुरा हो । तर तपाईहरुले फुटवलको क्षेत्रमा जे गर्नुभएको छ त्यसलाई प्रोत्साहान गर्न आफु आएको मुख्यमन्त्री राईले बताउनु भयो ।
प्रथम एनी फाक्तेप गोल्डकप २०७८मा तुर्केनी फुटबल क्लब काँकडभिट्टालाई ६ गोलका विरुद्ध ७ गोल लगाउदै धरान सि.टी. फुटबल क्लब सुनसरी विजयी भएको छ ।

प्रतियोगितामा प्रथम धरान सि.टी. फुटबल क्लबले नगद १ लाख १ हजार रुपैया का साथै ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय हुने टिमले तुर्केनी फुटबल क्लब काँकडभिट्टाले नगद ५१ हजार ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ ।
खेल सुरुभएको १७ औं मिनेटमा तुर्केनी फुटबल क्लब काँकडभिट्टा जर्सी नम्वर १५ का मिलन राईले गोल गरेर टिमलाई अग्रता दिलाएपनि यो धेरै बेर टिक्न सकेन २३ सौ मिनेटमा धरानका जर्सिनम्वर १७ का विबेक राईको गोलले टिमलाई बरावरीमा ल्याएका थिए ।
त्यसको लगत्तै २५ मिनेटमा धरान कै जर्सि नम्बर ११ का विनोद राईले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको दोश्रो हाफमा तुर्केनी क्लवका जर्सि नम्बर १५ का मिलन राईले पुन गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । निर्धारित समयमा दुबै टिमले २÷२ गोलको बराबरी भएपछि ट्राईब्रेकरमा धरान विजयी भएको हो ।