उमानाथ भण्डारी
कमल, मंसिर २०÷ चुलाचुली गाउँपालिका वडा नम्वर २ वडा कार्यलयले आज सामुदायीक विध्यालयमा अध्यायनरत विध्यार्थिलाई साईकल वितरण गरेको छ ।
सामुदायीक विध्यालयमा अध्यायनरत दलित छात्रछात्रालाई समयमै विध्यालय आएर पठनपाठनमा सहजहोस् भन्ने उद्येश्यले वडाको बजेट बाट साईकल वितरण गरेको वडा अध्यक्ष रन बहादुर लिम्बुले बताउनुभयो ।
वडा नम्वर २मा रहेका सामुदायीक विध्यालय श्री जनता माध्यमिक विध्यालय बारगोठेमा अध्यायनरत ८ जना र पन्चकन्या प्राथमिक विध्यालय हात्तिलेदामा अध्यायनरत ८ जना गरी जम्मा १६ जना दलित छात्रछात्रालाई साईकल वितरण गरिएको हो ।
त्यसगरी वडाले वडामा रहेका कृषकलाई मकैको विउ समेत वितरण गरेको छ ।

चुलाचुली गाउँपालिकाको वडा नम्वर २ मा मकैको राम्रो उत्पादन हुने भएकोले वडामा रहेका ६ सय जना कृषकलाई ७५ प्रतिशत अनुदानमा जे एक्स ३६९ जातको मकैको विउ प्रति कृषक १ केजीका दरले वितरण गरिएको वडा कार्यलयले जनाएको छ । फुटेज एफटिभिमा छ