ईलामको चुलाचुलीमा मेची सहकारीले औपचारीक रुपमा सेवा केन्द्र सन्चालनमा ल्याएको छ

कमल , पुस ३ । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमटेडले आज एक कार्यक्रमका बिच ईलामको चुलाचुलीमा औपचारीक रुपमा सेवा केन्द्र कार्यालय सन्चालनमा ल्याएको ।

२०७७ साल चैत १५ गते बाट सेवा केन्द्रका रुपमा सञ्चालन हुँदै आएको सहकारीको सेवा केन्द्रको आज चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले उद्धघाटन गर्नु भएको हो ।


सेवा केन्द्रको उद्धघाटन पछि सहकारीले सस्थामा आवद्ध सदस्यलाई शिक्षा तथा तालिम उप समितिका संयोजक लक्ष्मी प्रसाद दाहाल,रुद्र बहादुर तामाङ सह–व्यवस्थापक चन्द्र बगाले थापा र मेगराज राउतलगायतले सदस्य शिक्षा एबं वित्तीय साक्षरता सम्बन्धि तालिम प्रदान गर्नु भएको थियो ।

सेवा केन्द्र सन्चालक समितीका संयोजक संजय राईको अध्यक्षतामा भएको कार्यक्रममा चुलाचुली गाउँपालिकाका उपाध्यक्ष निर्मला दाहाल,सहकारी संस्थाका ,अध्यक्ष नारायण भट्टराई, ४ नम्बरका वडा अध्यक्ष कालिदास भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

Back to top button