उद्यमी र जेष्ठनागरिकलाई सम्मानका साथै निःशुल्क स्वस्थ्य शिविर सम्पन्न

उमानाथ भण्डारी

कमल , पुस ३ । कमल गाउँपालिका वडा न . ५ ले वडाका एक दर्जन भन्दा बढी उद्यमी महिलालाई सम्मान गरेको छ ।
उद्यमशील महिलाहरुको पेशा तथा व्यवसायलाई थप प्रोत्साहन दिने उद्देश्यले वडाका १५ जना उद्यमी महिलाहरुलाई सम्मान गरिएको हो ।
यसरी सम्मानित हुने उद्यमी महिलाहरुमा अटो चालक शान्ति माझी सहित टुल्कि ताजपुरिया, बिष्णुमाया धिमाल, सावित्रा बस्नेत, पूर्णकुमारी गौतम, सिता खनाल, नर्वदा महरा, झरना सुब्बा कार्की,कविता चौहान, भूमिका तोङ्गली,मनकुमारी विश्वकर्मा,बालकुमारी लावती,मनमाया धिमाल, कल्पना राई र रुपा धिमाललाई कार्यक्रमकी प्रमुख अतिथी मेनुका काफ्ले तथा विषेश अतिथी वेणु सिवाकोटीले खादा तथा सम्मान द्वारा सम्मान गर्नु भएको थियो ।

This image has an empty alt attribute; its file name is k-1024x461.jpg


यसैगरी वडा भित्र बसोबास गर्दै आएका ८० बर्ष भन्दा माथिका २ सय ६ जना ज्येष्ठ नागरीकलाई समेत सम्मान गरिएको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is u-1024x461.jpg


वडामा वसोवास गर्ने विपन्न समुदायका नागरिकका लागि एक दिने निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो । दमक स्थित निम्स नेशनल अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न स्वस्थ्य शिविरमा जेनेरल फिजिसयन, हाडजोर्नी, महिला रोग सम्बन्धी लगायत विभिन्न रोगको विशेषज्ञ डाक्टर द्वारा स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिविरमा २ सय ६ जना नागरिकहरुले निःशुल्क स्वस्थ्य परीक्षण गर्नुका साथै आवश्यक पर्ने औषधी समेत निशुल्क रुपमा प्राप्त गर्नु भएको वडा सचिव रिता कार्किले बताउनु भयो ।

Back to top button