वर्कफर नेपाल द्वारा अपाङ्गता भएका तथा विपन्न परिवारलाई खाद्यान्न वितरण

कमल पुस ५ । वर्कफर नेपाल द्वारा कमल र गौरादहका अपाङ्गता भएका तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
कमल गाउँपालिका वडा नं. ६ मा कार्यालय रहेको वर्कफर नेपाल नामक सामाजिक संस्थाले अन्तराष्ट्रिय गैह्र सरकारी संस्था हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलपमेण्ट को सहयोगमा खाद्यान्न वितरण गरेका हो ।
सस्थाले गाउँपालिकाका रहेका एकसय ५० विपन्न परिवार तथा गौरादह नगरपालिकाका १०० विपन्न गरि जम्म २ सय ५० विपन्न परिवारलाई लाई खाद्यान्न वितरण गरेको सस्थाका अध्यक्ष तिलचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is gg-1.jpg


कमल गाउपालिका ६ का वडाध्यक्ष नरेन्द्र भट्टराई, महिला बालबालिका शाखा अधिकृत रेनुका गौत्तम, कमल अपाङ्गता समिति अध्यक्ष तिलरुपा बास्तोला, लगायत समाजिक व्यक्तित्वहरुको उपस्थितिमा र गौरादह नगरपालिकाका प्रमुख रोहित शाह लगायतको उपस्थितीमा गौरादह नगरपालिकामा खाद्यान्न वितरण गरीएको सस्थाले जनाएको छ ।
हेल्पिङ्ग हेण्ड र वर्क फर नेपालको संयुक्त प्रयासमा आएको यो सहयोगले केहि थोरै भएपनि विपन्न परिवारलाई सहयोग पुग्ने गौरादह नगरपालिकाका प्रमुख शाहले बताउनु भयो ।
संस्थाले प्रति परिवार चामल २५ के.जी.,दाल ४ के.जी., तेल ४ लि., नुन १ के.जी., चिउरा २ के. जी. चिनी २ के.जी. गरी कुल ३८ केजी खाद्यान्न वितरण गरीएको संस्थाका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

Back to top button