उमानाथ भण्डारी
कमल , पुस १० । झापाको कमल गाउँपालिका २ स्थित श्री कमल मदन आश्रित स्मृति माध्यमिक विद्यालयले ५९ औं वार्षिकोत्सव मनाएको छ ।
विक्रम सम्वत २०१९ सालमा स्थापना भएको विध्यालयको ५९ औं वार्षिकोत्सवको उद्घाटन कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले गर्नु भएको थियो ।

कार्यक्रममा विध्यालयमा प्रधानाध्यापक हिमप्रसाद दाहालले विध्यालको स्थापना काल देखी बर्तमान अवस्था सम्मको विध्यालयको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

दुर्गा प्रसाद पराजुली
वार्षिकोत्सवको अवसरमा विध्यालयमा कार्यरत उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो । यसरी सम्मानीत हुने शिक्षकमा पुस्ता राई ,दुर्गा प्रसाद पराजुली र लक्ष्मि प्रसाद चौलागाई लाई खादा तथा सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।

त्यसैगरी श्रीमाया लिंदेन स्मृती पुरस्कार र नेत्र बहादुर श्रेष्ठ स्मृती पुरस्कार बाट काक्षा ११ र १२ अध्यायनरत उत्कृष्ट २१ जना विध्यार्थिलाई नगद तथा प्रमाणपत्र द्वारा पुरस्कृत गरिएको विध्यालयले जनाएको छ ।

त्यसैगरी कक्षा ९ र १० मा अध्यायनरत विध्यार्थिले देउसीभैलो खेलेर जम्मा भएको रकममा नपुग रकम गाउँपालिका बाट थपगरी कक्षा एक, दुई र तिन मा अध्यायनरत ६५ जना विध्यार्थिलाई ट्रयाक सुट समेत प्रदान गरिएको शिक्षक याम नारायण प्रधानले जानकारी दिनुभयो ।

विध्यालयले वार्षिकोत्सवको अवसरमा विभिन्न अतिरिक्त क्रियाकला गराएको थियो सो प्रतियोगितामा उत्कृष्ट १ सय १२ जना उत्कृष्ट विध्यार्थिलाई पुरस्कृत गरिएको थियो ।