कमल गाउँपालिकाले वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तह घोषणा कार्यक्रमलाई तिव्रता

उमानाथ भण्डारी

कमल, पुस १०÷ झापाको कमल गाउँपालिकाले वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषणा अभियानलाई तिव्रता दिएको छ ।
“खुशी राखँै बालबालिकाको मुहार,बालमैत्री कमल समृद्धिको आधार”भन्ने नाराका साथ आगामी फागुन मसान्त सम्ममा गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषण गर्ने कार्यक्रमलाई गाउँपालिकाले तिव्रता दिने क्रममा आज वडा नम्वर ४ स्थित सरस्वती टोलका स्थानिय वासी सँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बालमैत्री गाउँपालिका घोषणा गर्नकालागी आवश्य पर्ने ५१ वटा सुचक मध्ये अधिकाँस सुचक पुरा भएको कमल गाउँपािलकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।
गाउँपालिकालाई आगामी फागुन मसान्त सम्ममा वाल मैत्री घोषणा गर्नेगरी कार्यक्रम सन्चालन भै रहेको छ ।सबैभन्दा पहिले बालमैत्री घोषणा गर्ने वडालाई विकास बजेट बाट १० लाख रुपैया र सबै भन्दा पहिले बालमैत्री घोषणा गर्ने सामुदायीक विध्यालय अन्तरगत पहिलो हुनेलाई १ लाख ५० हजार दोश्रोलाई एक लाख र तेश्रो हुने विध्यालयलाई ५० हजार रुपैया बाट प्रोत्साहन स्वरुप नगद प्रदान गरिने समेत गाउाँपलिकाले जनाएको छ ।

Back to top button