झापाको शिवसताक्षी नगरपालिकामा बहुप्रतिक्षित ३ आयोजनाको सिलन्यास

गोविन्द ल्वागुन

शिबसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा बहुप्रतिक्षित ३ आयोजनाको सिलन्यास गरिएको छ । झापा क्षेत्र नं ४ ९क० का प्रदेससभा सदस्य झलकसिंह दर्लामी मगरले उतm आयोजनाह्ररुको छुटाछुटै स्थानमा सिलन्यास गरेका हुन । उनले धरमपुरमा खानेपानी र झोलुङ्गे पुलसहित पाँचगाछीको बिष्णु चौकमा कालोपत्रेको अलग अलग कार्यक्रमकाबीच शिलान्यास गरेका हुन ।

हिजो ९शुक्रबार० बिहान, शिबसताक्षी९१ धरमपुरस्थित स्वर्गीय नरबहादुर९तारादेबी थापा खानेपानीको ओभरहेड शिलान्यास गरेका हुन् । जग्गादाता स्वर्गीय नरबहादुर९तारादेबी थापाको परिवारले खानेपानी तथा सरसफाई उपभोत्ता समितिलाई पाँच कठ्ठा जमिन उपलब्ध गराएको थियो ।अध्यक्ष नारायण थापाको अध्यक्षतामा र प्रदेश सांसद झलकसिंह दर्लामी मगरको प्रमुख आतिथ्यमा शिलान्यास भएको थियो ।

शिलान्यास कार्यक्रममा शिबसताक्षी नगर उपप्रमुख भोजकुमारी नेपाल, शिबसताक्षी९७ का वडाध्यक्ष तथा नेकपा ९एकीकृत समाजवादी० नगर अध्यक्ष नबिन इजम, जग्गादातको तर्फबाट अञ्जु थापा, सामाजिक अगुवा तथा धरमपुर खानेपानीका सल्लाहकार संयोजक चन्द्रबीर नेम्बाङ, सांसद दर्लामीका स्वकीय सचिव तथा युवा नेता दुर्गा नेम्बाङ, निर्माण कम्पनीका प्रतिनिधि सरोज मण्डल, नेकपा ९माओवादी केन्द्र० नगर अध्यक्ष महेन्द्र भट्टराई, नेत्र नेम्बाङ, ज्ञानेन्द्र तिम्सिना, बिरात किराती, चक्र माझी, पुणर् लकान्द्री, पूणर् नेम्बाङ, भूवन सेन्दाङ, केडी रिजाल, धिरज परियार लगायतको सहभागिता थियो ।

१ करोड ७५ लाख रुपैयाँको लागतमा धरमपुरमा खानेपानी निर्माणकार्य सम्पन्न हुने भएको हो । ४ लाख ५० हजार घन मिटर क्षमताको खानोपानीले शिबसताक्षी९१ र २ को उपभोत्ताहरुलाई शुद्ध पिउने पानीको व्यवस्था गर्न सकिने अध्यक्ष नारायण थापाले बताए ।

शिलान्यास अघि कार्यक्रमका प्रमुख अतिथि सांसद दर्लामीले तोकिएको समयभित्र निर्मााण कार्य सम्पन्न हुनेमा आशाबादी रहेको बताए । उनले निर्माण कार्यमा स्थानीय उपभोक्ताहरुले खानेपानीमा गुणस्तरीयताको विषयमा निर्माण कम्पनीसँग चासो राख्नु पर्नेमा जोड दिए । उनले निर्माणकार्यमा बजेटको अभाव हुन नदिने समेत बताए ।

कार्यक्रममा स्वागत दुर्गा नेम्बाङले गरेका थिए भने सञ्चालन खानेपानी उपभोत्ताका सचिव दुर्गा चेम्जोङले गरेका थिए ।

सांसद दर्लामीका स्वकीय सचिव एबम् स्थानीयवासी दुर्गा नेम्बाङले शिलान्यास समारोहमा युवा अवस्थामा यसै खोलाको बाटो भएर दमकसम्म कराँते खेल खेल्न सिक्न जादाँ–आउदाँको स्मरण सुनाए । उनले बिगत सम्झे, बिगतमा अहिलेको जस्तो बिकासे योजना र परियोजनाका कार्यक्रमहरु नभएको बताए ।

झोलुङ्गे पुलका शिलान्यास समारोहमा उनी उत्साहित थिए । कार्यक्रममा आफ्नो बिचार राख्दैगर्दा नेम्बाङले कमल खोलासँगका दुःख र कष्टका भोगाईका स्मरण गर्दै भने–म अहिले आफ्नो स्थानमा राजनीति नेतृत्वमा जिम्मेवारीका साथ रहेको समयमा यो पुल निर्माण गर्नमा सक्रियता देखाए । उनले धरमपुर चौकहुदै लोकमार्गबाट दमक जान वा दमकबाट घर आउन केही समय ढिलो हुने भएकोले छोटो बाटोको रुपमा यसै खोलाको बाटो भएर दमक जादा अनि दमकबाट घर फर्किदा खोलामा बाढी आउँदा दुःख, कष्ट र भोगाईका घट्नाहरुले यस स्थानमा झुलुङ्गे पुलको आवश्यत्ता ठानेर माननीय झलकसिंह दर्लामीसँगको सहयोगमा योजना पार्न सफल भएको बताए ।

हिमादेबी दाहालको अध्यक्षतामा झोलुङ्गे पुल शिलान्यास कार्यक्रम भएको थियो । सो कार्यक्रममा प्रदेश सांसद दर्लामी, शिबसताक्षी नगर उपप्रमुख भोजकुमारी नेपाल, कमल गाउँपालिका वडा नं ३ का वडा सदस्य लालबहादुर बोखिमले संयुक्त रुपमा झोलुङ्गे पुलको शिलान्यास गरेका थिए ।

शिबसताक्षी९१ को धरमपुर र कमल९३ को सानो केर्खालाई जोड्ने झोलुङ्गे पुलको लम्बाई २ सय ८० मिटरको हुने छ । १८ महिनामा निर्माण कार्य सम्पन्न हुने झोलुङ्गे पुलको कुल लागत खर्च रु ३ करोड ७ लाखको छ ।

सो झोलुङ्गे पुलको निर्माण कार्य युनिकन कन्ट्रक्सन कम्पनी प्राली काठमाण्डौंले ठेक्का लिएको हो । कम्पनीका प्रतिनिधि बबिन खड्का अनुसार १० देखि १५ फूट उचाई, दुई मिटर चौडाई हुने पुलको निर्माण कार्य समयभित्र पुरा गरिने छ । उनले पुलका लागि आवश्यक सामाग्रीहरु समयभित्र आएमा र माहामारीको कारणले कुनै प्राविधिक समस्या उत्पन्न नभएमा तोकिएको समयमै पुरा गरिने बताए ।

त्यस्तैं, पूर्वको प्रसिद्ध धार्मीकस्थल सताक्षीधामबाट झिलझिलेहुदै दक्षिणी जनताबाट–बिष्णुचौक–माहाभारा–होकलबारी जोडने सडकको कालोपत्रेको आज शिलान्यास भएको छ । शिबसताक्षी–४ पाँचगाछीको बिष्णु चौकमा आज एक कार्यक्रमकाबीच सो सडकको कालोपत्रे शिलान्यास गरिएको हो ।

शिलान्यास समारोहमा प्रदेश सांसद दर्लामीले जनताका कतिपय आधारभूत समस्याहरुलाई क्रमशःसम्बोधन गर्न तीनै तहको सरकारको अभियानले सार्थकता पाउदै गएको बताए । उनले ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिकले पनि शिक्षा, स्वास्थ्य, सुरक्षा लगायत सडक र यातायातको सुविधा पाउनुपर्ने बताए । बर्षामा कष्टकर जीवन यापन गरिरहेका यहाँका स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै कालोपत्रे गर्न प्रदेश सरकारले शिशेष चासो देखाएको भन्दै सांसद दर्लामीले प्रदेश सरकारप्रति धन्यवाद व्यक्त गरे ।

पूर्वाधार बिकास कार्यालय इलाम–झापाका प्रमुख रमेशकुमार श्रेष्ठको अध्यक्षतामा र सांसद दर्लामीको प्रमुख आतिथ्यतामा कालोपत्रे शिलान्यास भएको हो । दुर्गा नेम्बाङले सञ्चालन गरेको सो कार्यक्रममा स्थानीय नेता बिद्यानन्द राजवंशीले स्वागत मन्तव्य राखेका थिए ।

२६।९ किलोमिटर सो सडकमा कालोपत्रे निर्माणका लागि रु ३५ करोड बजेट छुटिएको छ । झिलझिले दक्षिण लालझोडा, धौलीचौक–हवलदारचौक–जनता चौकसम्म र जनतादेखि दक्षिण बिष्णुचौक–चौरी–होकलबारीसम्म कालोपत्रे निर्माण हुने इन्जिनियर लक्ष्मीप्रसाद सापकोटाले बताए । त्यस्तैं, झिलझिलेबाट उत्तर प्रसिद्ध धार्मीकस्थल सताक्षीधामसम्मको साढे चार किलोमिटर सडकमा कालेपत्र निर्माणका लागि सवै सामाग्रीहरु राखिएको र त्यसस्थानमा पनि चाडै कालोपत्र बिछ्याउने कार्य सुरु गरिने इन्जिनियर सापकोटाले बताए ।

शिलान्यास समारोहमा शिबसताक्षी–४ का अध्यक्ष अधिकचन ताजपुरिया, नेकपा माओवादी केन्द्र० का नेता रामबहादुर राई, कचाली ताजपुरिया, निर्माण कम्पनीका सञ्चालक भगवान बस्नेत लगायतको उपस्थिति थियो ।

Back to top button