जङ्गली हात्ती द्वारा लक्ष्य सेकुवा कर्नरमा ठुलो क्षती

उमानाथ भण्डारी

कमल, पुस ११÷ जङ्गली हात्ती द्वारा लक्ष्य सेकुवा कर्नरमा ठुलो क्षती प्र्याएको छ ।
हातीले गएराती वडा नम्वर ३ स्थित लक्ष्य सेकुवा कर्नरमा अहिले सम्मकै ठुलो क्षती पुर्याएको हो । हत्तीले सेकुवा कर्नरकोे वाल भत्काएर काउन्टरमा भएको ३ वटा फ्रिज ,ल्यावटप , पेय पदार्थल गायतमा सामानमा क्षती गर्दा करिब ७ लाख रुपैया भन्दा बढीको क्षतीभएको होटल सन्चालक मेघराज सुवेदी जानकारी दिनभयो ।
दैनिक जसो रातको समयमा आउने जङ्गली हात्तीका कारण झापा कमल गाउँपालिकाका स्थानिय वासी हैरान भएका छन् ।
एक हप्तादेखी जङ्गली हात्ती गाउँ पस्ने र स्थानियको अन्न बाली खानुका साथै घर भत्काउने र घरमा भएको अन्नबाली खाईदिनाले स्थानिय वासी आजित भएको स्थानिय मधुसुधन अधिकारी बताउनुहुन्छ ।
जङ्गली हात्तीका कारण कमल गाउँपालिकाको वडा नम्वर ३,४र५ का स्थानिय वासिले ठुलो समस्या भोग्दै आईरहेका छन् ।

Back to top button