उमानाथ भण्डारी
कमल ,पुस १२ । झापाका विभिन्न पालिकाहरुमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न स्वस्थ्य सम्पन्न भएको छ ।
झापाको कमल गाउँपालिका ६ मा मुख्याकार्यालय रहेको ‘वर्क फर नेपाल’ को आयोजनामा एच. एच. आर. डी. नेपालको आर्थिक सहयोगमा झापाका विभिन्न पालिकाका दुर्गम र पिछडिएका गाउँ तथा वस्तीहरुमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
आर्थिक समस्याका कारण ग्रामिण भेगका जनता शहर सम्म पुगेर आफ्नो स्वस्थ्य परिक्षण गराउन नसकिरहेको अवस्थामा आम्दा अस्पताल– दमक , ओम शान्ति डेण्टल हस्पिटल– दमक, विर्ताज्योती आँखा अस्पताल दमक , दमक हस्पिटल एण्ड रिसर्च सेण्टर प्रा. लि. दमकको को प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै औषधी समेत निःशुल्क वितरण गरिएको वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले बताउनुभयो ।

गौरीगञ्ज गाउँपालिकाका गरिएको स्वस्थ्य शिविरमा फिजीसियन सेवा तर्फ १ सय जना स्त्री रोग सम्बन्धि १२ जना तथा मुख तथा दाँत स्वास्थ्य सेवा तर्फ ५९ जना गरी जम्मा १ सय ७१ जनाले स्वास्थ्य सेवा लिनुभएको थियो । सो शिविरको संयोजन गौरीगञ्ज गाउँपालिका वार्ड नं. १ स्थित महाभारा स्वास्थ्य चौकिले गरेको थियो ।

त्यसैगरी पौष ६ गते झापा गाउँपालिका ५ स्थित पन्थापाडामा सम्पन्न भएको स्वास्थ्य शिविरमा फिजीसियन सेवा तर्पm १ सय ७ जना ,बाल रोग तर्पm १सय ९ जना तथा आँखा उपचार तर्पm १सय ५८ गरी ३ सय ७४ जना विरामीले निःशुल्क सेवा लिनु भएको थियो भने ४२ जना मोतीयाविन्दुको समस्या देखिएकका विरामिलाई दमक स्थित विर्ता ज्योती आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरीएको अध्यक्ष अधिकारीले जनकारी दिनुभयो ।
शिविर सञ्चालनकै दौरानमा कमल गाउँपालिका वार्ड नं. ७ मा पौष १० गते सञ्चालि गरिएको शिविरमा फिजिसियन तर्फ १ सय ८ जनाा मुख तथा दाँतका ८५ जना , आँखा सम्वन्धि २ सय ९ जना गरि जम्मा ४ सय २ जना विरामिले सेवा लिनुभएको थियो भने त्यस मध्ये ४५ जना विरामीहरुको मोति विन्दु देखिएकोले हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलपमेण्टलेको सहयोगमा निःशुल्क उपचार गरिएको हेल्पिङ्ग हेण्डका कार्यक्रम व्यवस्थापक जीब प्रसाद पोख्रेलले बताउनु भयो ।
गरीबी तथा अन्य विभिन्न कारणले विशेषज्ञ सेवाको पहुँचमा पुग्न नसकेका विपन्न समुदायलाई लक्षित गरी हरेक बर्ष हेल्पिङ्ग हेण्डले औषधि सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आईरहेको र यो वर्ष पनि पौष ५ ६ र १० गते विभिन्न स्थानमा ३ दिन चलेको शिविरमा जम्मा ९सय ४७ जनाले शिविरको फाईदा दिएको सस्थाले जनाएको छ ।