शिबसताक्षीमा जारी दोस्रो संस्करणको शिबसताक्षी वडा स्तरिय भेट्रान फुटबल प्रतियोगितामा वडा नम्बर ११ बिजयी

गोविन्द ल्वागुन

शिबसताक्षी पुस १२ । झापाको शिबसताक्षीम जारी दोस्रो संस्करणको शिबसताक्षी वडा स्तरिय भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न खेलमा वडा नम्बर ११ बिजयी भएको छ ।
शिबसताक्षी भेटान क्बलको आयोजनामा संचालन भएको खेलमा वडा न्म्बर ११ ले वडा नम्बर ३लाई १ का बिरुद्ध ३ गोल अन्तरले पराजीत गरेको छ । खेल लाई जित दिलाउन दीपक तामाङ, राम मगर र राम भेटवालले १ ÷१गोल गरे भने पराजित टिमका तर्फ बाट मनोज मोक्तानले सान्तावन्न गोल गरेका थिए ।
निकै प्रत्पिर्धात्मक भएको खेलको २७ मिनेटमा दीपक तामाङले वान भर्सेस वानमा आकर्षक ढंगले गोल गर्दै अग्रता बनाए । पहिलो हाप शुन्य को अग्रता बनाएको ११ नम्बर वडाले दोस्रो हापको १२ औं मिनटमा राम मगरको गोल मार्फत अग्रता दोबबर बनायो ।
त्यस लगत्तै १३ मिनेटमा कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै ३ नम्बरका मनोज मोक्तानले गोल गर्दै गोल अन्तरले काम गरे । ३ नम्बरले निकै राम्रो राम्रो अवसर पाए पनि गोल गर्न नसक्दा पुन २३औं मिनेटमा राम भेटवालले गोल गर्दै ११ नवम्बर जीत निश्चित गरे । खेलको
म्यान अफदि म्यच विजयी टिमका राजकुमार बस्नेत घोषित भए ।भोलि २खेल हुने बताइएको छ । जस अनुसार १२ः३० बजे दोस्रो चरणको पहिलो खेल वडा नम्बर ८भर्सेस १बीच हुने र दोस्रो खेल २ः३०बजे पहिलो चरणको अन्तिम खेलमा वडा नम्बर ७ भर्सेस ९ बीच हुने आयोजक समितिका अध्यक्ष लिलाबहादुर जोशीले जानकारी दिए ।
१७ गते सम्म संचालनहुने प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेताले ३० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । त्यसैगरी प्रत्येक बिधामा उत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

Back to top button