उमानाथ भण्डारी
कमल, पुस १५÷ झापाको कमल गाउँपालिकाले वडा नम्वर ४ ले आफ्नो वडालाई वाल विवाह मुक्त वडामा रुपमा घोषणा गर्ने अभियानलाई तिव्रता दिएको छ ।
आफ्नो वडाका कुनैपनि वालवालिकाले २० वर्ष भन्दा कम उमेरमा विवाह नगरुन् भन्ने उद्येश्यले वडामा भएका प्रत्येक टोलमा पुगेर टोल वासिलाई वाल विवाह भुक्त टोल घोषणा र प्रतिवद्धता गराउने अभियान थालेको हो ।

गाउँपालिकाले आगामी फागुन मसान्त भित्रमा गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषणा गर्दै छ । त्यसलाई सफ बनाउन वडा नम्वर ४ ले वडामा भएका सबै टोलमा वाल क्लव गठन गरेर परिचालन भैरहेको छ । वाल विवाह भुक्त टोल घोषणा अभियानलाई तिव्रता दिदै छौ भने आफ्नो वडालाई सबै भन्दा पहिले वाल मैत्री वडा घोषण गर्न लागिपरेको कमल गाउँपालिका वडा नम्वर ४ का सचिव पर्शुराम तिम्सिना ले जानकारी दिनुभयो ।

“खुशी राखँै बालबालिकाको मुहार,बालमैत्री कमल समृद्धिको आधार”भन्ने नाराका साथ अभियान सफल बनाउन वालवालिकाको सहभागिता महत्वोपुर्ण हुन्छ । यसका लागी वडामा भएका १३ वटै टोलमा वालक्लव गठन गरेर अभियानलाई तिव्रता दिईरहेको कमल गाउँपालिका वडा नम्वर ४ का सहजकर्ता आशिस निरौला बताउनुभयो ।
नेपाल सरकारले वालअधिकारको अन्तराष्ट्रिय महासंन्धिमा पक्षराष्ट्रको रुपमा हस्ताक्षण गरेको र वालअधिकारका क्षेत्रमा थुप्रै कार्यक्रम गरेपनि प्रभावकारि हुन सकेन । पछिल्लो समय स्थानिय सरकारलाई आफै निती भनाएर कार्यन्वयनगर्न अधिकार दिएसगै यो अभियान कमल गाउँपालिका पनि सुरु भएको हो ।अभियान सफल बनाउने सुचक मध्ये वाल विवाह महत्वपुर्ण सुचक भएको वालअधिकार कर्मि सुमन ढकाल बताउहुभयो ।
त्यसैगरी वडा नम्वर ३ ले समेत अभियान सफल बनाउनकालागी वडामा भएका टोल समितीका पदाधिकारी संग छलफल तथा अन्तरकृया गरेको छ । भने आगामी पुस १८ गते आईतवार बाट प्रत्येक टोलमा पुगेर टोल बासी संग अन्तकृया गरिने वडा अध्यक्ष नरप्रसाद दंगालले जानकारी दिनिुभयो ।

वाल विवाह मुक्त टोल घोषण अभियान अन्तरगत अहिले सम्ममा वडा नम्वर ४ मा भएका १३ वटा टोल मध्ये सरस्वती , पशुपति, शान्तिपुर पाथिभरा र जोगिचौन टोलमा टोल वासिका तर्फ बाट वाल विवाह मुक्त टोल घोषण प्रतिवद्धता जनाई सकेको छ भने बाँकि टोलमा समेत एक हप्ता भित्रमा अभियान सन्चालन गरिने वडा कार्यलयले जनाईको छ
त्यसैगरी वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तह घोषणा अभियानलाई सफल बनाउन लागी बालबचावटका १४, बाल संरक्षण सम्बन्धि १०, बाल विकास का ६ बाल सहभागिता ६ संस्थागत सुचक १५ वटा गरि जम्मा ५१ वटा सुचक पुरा गर्नु पर्ने हुन्छ ।
गाउँपालिकालाई आगामी फागुन मसान्त सम्ममा वाल मैत्री घोषणा गर्नेगरी कार्यक्रम सन्चालन भै रहेको छ ।सबैभन्दा पहिले बालमैत्री घोषणा गर्ने वडालाई विकास बजेट बाट १० लाख रुपैया र सबै भन्दा पहिले बालमैत्री घोषणा गर्ने सामुदायीक विध्यालय अन्तरगत पहिलो हुनेलाई १ लाख ५० हजार दोश्रोलाई एक लाख र तेश्रो हुने विध्यालयलाई ५० हजार रुपैया बाट प्रोत्साहन स्वरुप नगद प्रदान गरिने समेत गाउँपालिकाले जनाएको छ ।