शहिद धर्मभक्तमा नव निर्वाचित समितिको पदभार ग्रहण

उमानाथ भण्डारी

कमल, पुस १८÷झापाको कमल गाउँपालिका ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विध्यालयको नव निर्वाचित समितिले आज पदभार ग्रहण गरेको छ ।
विध्यालय व्यवस्थापन समितिकालागी गत मंसिर १४ गते सम्पन्न निर्वाचन बाट निर्वाचित सदस्य हरु मध्ये बाट अध्यक्षमा लेखनाथ खतिवडा, सदस्य कुमार ढुङ्गेल, निर्मला बजगाई,,विमला राई मनोनित सदस्य शिव शंकर न्यौपाने र ममता गुरुङ्ग तथा पदेन सदस्यमा वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल,शिक्षक प्रतिनिधी टेकराज तिम्सिना र सदस्य सचिव काजीमान पौडेलले पदभार ग्रहण गर्नु भएको हो ।
पदभार ग्रहणपछी आईतवार बसेको व्यवस्थापन समिति, शिक्षक स्टाफ , विध्यालय कर्मचारीको पहिलो बैठकले विध्यालयको शैक्षिक तथा भौतिक सुधारकालागी वार्षिक योजना बनाई अगाडी बड्ने निर्णण गरेको शिक्षक प्रतिनिधी टेकराज तिम्सिनाले जानकारी दिनुभयो ।

Back to top button