गौरीगञ्ज गाउँपालिकाका विद्यालयहरुमा खानेपानी शुद्धीकरण परियोजना सञ्चालन

उमानाथ भण्डारी

कमल , माघ १३ । दक्षिणी झापाको सिमावर्ती गौरीगञ्ज गाउँपालिकाका विध्यालयमा खानेपानी शुद्धीकरण परियोजना अन्तर्गत वायोस्याण्ड फिल्टर प्लाण्ट निर्माण गरी हस्तान्तरण गरिएको छ ।

गाउँपालिकाको वडा नम्वर ६ मा अवस्थित चिलारा प्राथमिक विद्यालय, आधारभुत जनकल्याण प्राथमिक विद्यालय , जनता आधारभुत विद्यालय ,जनता प्राथमिक विद्यालय, तारा प्राथमिक लिद्यालय, आदर्श प्राथमिक विद्यालय र मदरशा इस्लामीया हाफिजुल उलुममा लाई परीयोजना हस्तान्तरण गरीएको हो ।

हेल्पिङ ह्यान्ड फर रिलिफ एन्ड डेभलपमेन्ट नेपाल÷यू. एस. ए. (एच. एच. आर. डी)  अन्तरर्राष्ट्रिय गैह्रसरकारी संस्थाको सहयोगमा  खानेपानी शुद्धीकरण परियोजना अन्तर्गत वायोस्याण्ड फिल्टर प्लाण्ट निर्माण गरी विध्यालयलाई हस्तान्तरण गरिएको वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

झापामा शुद्ध पिउने पानीको अभाव भएका विद्यालयहरुको पहिचान गरी विगत ५ वर्ष देखी सस्थाले यस किसीमका परीयोजना सञ्चालन गर्दै आएको संस्थाका उपाध्यक्ष केशब भण्डारीले बताउनुभयो ।

परीयोजना हस्तारण कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका शिक्षा अधिकृत केशब भट्टराईले आईरनयुक्त पानी पिउन बाध्य यस क्षेत्रका विद्यार्थी तथा स्थानीय बासिन्दाले अब शुद्ध पिउने पानी पाएको भन्दै दातृ संस्थाहरु प्रती आभार प्रकट गर्नु भएको थियो ।

त्यसैगरी गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले झापा जिल्लाको दक्षिणी सिमावर्ती गाउँपालिका साथै पिछडिएको गाउँपालिकाको रूपमा रहेको गौरीगञ्ज गाउँपालिकाका विभिन्न विद्यालय तथा मस्जिद मदरशामा निर्माण गरिएको शुद्ध पिउनेपानी परियोजनाबाट विद्यालय परिवार मात्र नभएर स्थानीय बासिन्दाहरूमा समेत शुद्ध खानेपानीको पहुँच पुगेकोमा खुसी व्यक्त गर्दै आयोजक संस्था र दातृ संस्थालाई धन्यवाद दिनुका साथै यस्ता पवित्र कामका लागी गाउँपालिका सदैव सँगै रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गौरीगञ्ज गाउँपालिकाका सबै विद्यालय तथा मदरसाहरुमा यसैवर्ष भित्रमा शुद्ध पिउने पानी पु¥याउने र क्रमशः अन्य पालिकाका शुद्ध पिउने पानीको अभाव रहेका विद्यालयहरुमा समेत यस्ता परीयोजना पु¥याउने आयोजक संस्थाले जनाएको छ ।

Back to top button