कमलमा बहुक्षेत्रीय पोषण योजना कार्यक्रम सम्बन्धि अन्तरक्रिया

उमानाथ भण्डारी

This image has an empty alt attribute; its file name is cv-1024x768.jpg

कमल, माघ १४÷ कमल गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना कार्यक्रम सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ ।
शरीरको आवश्यकता अनुसार पर्याप्त खाना तथा आहार नभएका कारण मानिसमा कुपोषण हुने भएकोले त्यसलाई न्युनिकरण गर्न पछिल्लो समय सङ्घीय सरकारले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमलाई तिब्रता दिएको छ ।
मानिसको शरिरलाई आवश्यक पर्ने पानी, कार्बोहाईड्रेड ,चिल्लो पदार्थ, प्रोटिन, खनिज र भिटामिन लगायतका बस्तु आहाराका प्रमुख तत्वहुन । यि तत्वहरु दैनिक रुपमा शारिरको आवश्यकता अनुसार खानुपर्ने हुन्छ तर यस्ता तत्व नमिलाई खाएमा मानिसमा कुपोषणको समस्या आउने गर्छ ।
विषेश गरेर बालबालिकाका उमेर अनुसार उचाई नहुनु, कम तौलहुनु जस्ता समस्या आउने गर्छ । यसलाई न्युनिकरण गर्न सुरु देखीनै पोषण युक्त आहार खानुपर्ने हुन्छ । यस्ता समस्यालाई सुरुदेखी नै न्युनिकरण गर्नकालागी संङ्घीय सरकारले बहुक्षेत्रीय पोषण योजना हरेक स्थानिय तहमा सन्चालनमा ल्याएको छ । यसले मानिसको स्वस्थ्य संग जोडिएको पोषण कार्यक्रमलाई सहयोग पुर्याउने कृषि, पशुपालन , महिला तथा बालवालिका , शिक्षा लगायतका सबै क्षेत्रलाई समेटेर यो कार्यक्रम सन्चालनमा ल्याएको बहुक्षेत्रीय पोषण योजना कार्यलयका प्रदेश संयोजक संजिवलाल घिसिंङले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is hh-2-1024x768.jpg


पुड्कोपन,ख्याउटेपन र कम तौल जस्ता,न्युन पोषणको समस्या समाधान गर्न तत्कालीन र दीर्घकालीन उपाय अपनाउन पर्दछ । पुड्कोपनको अवस्थामा सुधार गर्नका लागि किशोरी एक हजार दिनका महिला तथा बच्चाको पोषणमा विशेष ध्यान दिनुपर्छ । किशोरावस्था र गर्भवती भएको दिनदेखी नै प्रोटिनयुक्त, शक्ति दिने, शरीर वृद्धिविकास गर्ने, शरीरको रक्षा गर्ने पोषण तत्व भएको खानाको अवश्यक पर्ने भएकोले नियमित रुपमा पोषणयुक्त खानपान खानुपर्नु हुन्छ ।

This image has an empty alt attribute; its file name is gty-1024x768.jpg


कमल गाउँपालिकाले आगामि फागुन मसान्त भित्र बालमैत्री युक्त स्थानिय तह घोषणा गर्न हामि लागी परेका छौ । यस्ता कार्यक्रमले त्यसलाई सहयोग पुग्ने छ । विध्यार्थिलागी नेपाल सरकार बाट प्राप्त दिवा खाजाका रुपमा उपलब्ध गराएको रकमले विध्यार्थिलाई पोषण युक्त खाजा खुवाउन पुग्दैन त्यसैले यो कार्यक्रमको बजेट बाट विध्यार्थिलाई दिवा खाजा खुवान सके राम्रो हुने कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।
बहुक्षेत्रीय पोषण योजना अन्तर्गत स्वस्थ्य क्षेत्रबाट सुक्ष्मपोषक तत्वहरुको वितरण, मातृ तथा बाल्यकालीन आहार तथा स्याहार, माध्यम तथा कडा शीघ्र कुपोषणको उपचार व्यवस्थापन,नवशिशु बालरोगको एकीकृत व्यवस्थान जस्ता क्रियाकलापहरु सञ्चालन गर्नुपर्ने हुन्छ ।
कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य,विषयगत शाखा प्रमुख लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उपस्थित सहभागीलाई कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो भने स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले सन्चालन गर्नु भएको थियो ।

Back to top button