उमानाथ भण्डारी

कमल, माघ १६÷ बर्तमान सरकारले गरेको मुल्यवृद्धि,असंवैधानिक अभिव्याक्ति र निर्वाचन नगर्ने चलखेल विरुद्ध आज राष्ट्रिय युवासंघ नेपाल र अनेरास्ववियुले झापाको कमल गाउँपालिकामा सरकारको विरोधमा मोटरसाईकल र्याली गरेका छन् ।

कमल गाउँपालिकाको पश्चिम सिमाना रतुवा खोला देखी पुर्वमा कमल खोला सम्म मोटरसाईकल र्यालि पनि केर्खा बजारमा कोणसभा गरेका थिए ।

कोण सभालाई सम्वोधन गर्दै अनेरास्ववियु झापा जिल्ला अध्यक्ष रोशन लामाले परमादेश पाएको सरकारले गरेका विभिन्न गतिविधिका विरुद्ध सडकमा उत्रिन बाध्य बनाएको बताउनु भएको छ ।

आज नेपाली जनताले सिटामोल पाएका छैनन् , जनताको डाँड सेकनेगरी मुल्य वृद्धि भएको छ भने स्थानियतहका जनप्रतिनिधीको समयावधी सकिनलाग्दापनि विभिन्न बहानामा निर्वाचन सार्ने खेल भएकोले नेपाली जनता सडकमा उत्रिन वाध्य भएको बताउनु भयो ।

परमादेश पाएको बर्तमान सरकारले नेपाली जनताकोलागी केहि पनि गर्न सक्दैन । यदि गर्छ भने भ्रष्टचार , मुल्यबृद्धी लगायत जनतालाई डाड सेक्ने काम मात्र गर्न सक्छ । यस्तो नालायक सरकारका विरुद्ध जनतालाई सचेत गराउनकालागी यस्तो कार्यक्रम गरेको राष्ट्रिय युवासंघ नेपालका झापा जिल्ला अध्यक्ष सागर पोर्तेलले बताउनु भयो ।
कार्यक्रममा अनेरास्ववियु कमल गाउँपालिका अध्यक्ष आदर्श सिग्देलले सन्चलान गरेको कार्यक्रममा उपाध्यक्ष प्रकास आङ्गवो, युवासंघ कमल गाउँपालिका अध्यक्ष जिवन सापकोटा,राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला ईन्चार्ज शम्भु भण्डारी, केन्द्रिय कमिटी सदस्य निशा लिम्बु,क्षेत्रीय कमिटी सदस्य गंगा लिम्बु लगायतको उपस्थिती रहेको थियो ।
बर्तमान सरकार विरुद्ध विभिन्न प्लेकाड सहित मोटरसाईकल र्यालि पछि केर्खा बजारमा कोणसभा गरेर कार्यक्रम सम्पन्न गरिएको राष्ट्रिय युवा संघ नेपाल कमल ३ का ईन्चार्ज सविन घिमिरेले बताउनु भयो ।