उमानाथ भण्डारी

कमल , माघ १७ । वडामा रहेका युवाहरुलाई खेलकुदको माध्यम बाट अगाडी बढाउने उद्देश्यले कमल गाउँपालिका वडा नम्वर ३ ले वडा स्तरमा गठन भएको खेलकुद समिती लाई खेलकुदका सामाग्री प्रदान गरेको छ ।
विकास निर्माणले मात्र सबै आवश्यकता पुरा हुँदैन । विकासको लागी खेलकुद पनि आवश्यकता भएको ले अहिले तत्कालकालागी फुटवल, भलिवल र क्रिकेट लगायतका ३ वटा खेललाई अगाडी बढाउने उद्देश्यका साथ खेलकुद सामाग्री वितरण गरिएको वडा अध्यक्ष नरप्रसाद दंगालले बताउनु भयो ।
वडाले तत्कालका लागी समितीलाई खेलकुद सामाग्री प्रदान गरेको छ यसले थोरै भएपनि समितीलाई सहयोग पुग्ने छ । यो सामाग्रीले मुस्कीलले १ वर्ष सम्म पुग्ला नगुगेको खण्डमा समिती आफैले व्योहोरेर पनि खेल खेलाईने खेलकुद समितीका संयोजक मनोज गुरुङ्गले बताउनु भयो ।
वडा कार्यालयले अहिले तत्कालका लागी खेलकुद समितीलाई फुटवल १० थान, भलिवल ५ थान, फुटवल जाली १ सेट, भलिवल नेट १ सेट, क्रिकेट व्याट २ थान, क्रिकेट वल १२ वटा, स्टाम्प सेट २ थान, किपर ग्लोव १ सेट,कर्नर झण्डा ४ थान, कोन ५० थान, जर्सि १८ सेट लगातका १ लाख मुल्य बरावरको सामाग्री प्रदान गरिएको वडा सदस्य लाल प्रसाद बखिमले जानकारी दिनुभयो ।
आयोजक केर्खा ११ लाई हराउदै पथरी ११ विजय

सामाग्री पाएपछी सोहि अवसरमा समितीले प्रथम एकदिवशीय महिला फुटवल प्रतियोगिताको आयोजना समेत गरेको थियो ्। प्रतियोगितमा २ एक को गोल अन्तरले आयोजक केर्खा ११ लाई हराउदै पथरी ११ विजयी भएको छ ।
खेल सुरुभएको ५ मिनेटमा आयोजक केर्खा ११ का तर्फ बाट जर्सि नम्वर १६ की सोनाम राईले गोल गरेर टिमलाई अग्रता दिलाए पनि ३० औं मिनेटमा पथरी ११ तर्फ बाट नेहा चौधरीले गोल गरेर टिमलाई बराबरी बनाउनु भएको थियो भने दोश्रो हाफको २० मिनेटका पुन पथरी ११ कै चौधरीले दोश्रो गोल गररे टिम विजयी बनाउनु भयो ।

विजेता र उपविजेता टिमले ट्रफि, मेडलर प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको प्रायोजक विलिफ फाउण्डेसन झापाका संचालक सुधन लाईले गर्नु भएको थियो ।
माउण्ट एभरेष्ट स्पोटिङ्ग क्लव चतरालाई ३ एक गोल अन्तरले हराउदै आयोजक केर्खा ११ फाईनलका प्रवेश गरेको थियो भने सिरिजङ्गा स्पोटिङ्ग क्लव पथरीलाई हराउदै पथरी ११ फाईनलमा पुगेको थियो ।