कमल गाउँपालिका द्वारा सिपमुलक तालिमलाई प्राथमिकता

उमानाथ भण्डारी

This image has an empty alt attribute; its file name is er-1024x768.jpg
 कमल, माघ १८ ÷ झापाको कमल गाउँपालिकाले  स्थानीय  युवलाई सिपमुलक तालिम  दिएर  व्यवशायिक बनाउनने उद्देश्यले विभिन्न तालिम सन्चालन गर्दैछ ।

पछिल्लो समय गाउँपालिकाले गाउमै रहेका वेरोजगार युवा तथा कोभिडका कारण वैदेशिक रोजगारी बाट फर्किएका युवालाई शीपमुलक तालिम प्रदान गरी गाउँ मै रोजगारी श्रृजना गर्ने उद्देश्यले यस्ता तालिम प्रदान गरिएको हो ।
यसै क्रममा गाउँपालिकाको आयोजना तथा उद्यमशील महिला जागरण केन्द्रको व्यास्थापनमा गाउँमा रहेका युवालाई एक हप्ते कफी (वारेस्ता) बनाउने तालिम प्रदान गरीएको छ ।
कफी सबैको प्रिय पेय पदार्थका रुपमा विकास हुदै गएको र यो व्यवसाय तर्फ युवाहरुको आकर्षण समेत बढेकोले तालिम आयोजना गरेको गाउँपालिकाले जनाएको छ ।

This image has an empty alt attribute; its file name is ecv-1024x768.jpg


तालिममा सिकेका कुरालाई व्यावाहरमा लागू गरेमात्र तालिम सफल हुन्छ । व्यासाय मात्र सन्चालन गरेर हुँदैन ग्राहाकलाई कसरी आकर्षण गर्न सकिन्छ भन्ने कुरापनि तपाई हरुले सिक्नु भएको छ । त्यो कुरा पनि तपाईहरुले व्यावहारमा लागु गर्नु पर्ने हुन्छ । माहिले अन्य तालिम जस्तै सोचेर ७ दिनको समय राखेका थिर्यौ तर समय कम भएको जनाकारी पाए आगामी दिनमा समय थप गर्ने तर्फ गाउँपालिकाको ध्यान गएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
गाउँपालिकाले भौतिक तथा पुर्वाधारका क्षेत्रमा धेरै काम गर्यो तर यसले मात्र संवृद्ध नेपाल सुखी नेपाली बन्न सक्दैन , सबै जनाता खुशी हुनपनि सक्दैनन् । विना सिप बैदेशीक रोजगारीमा जाँदा धेरै युवायुवतीले दुख पाउने गरेका छन् । त्यसैले सिप सिकेर आफ्नै गाउँघरमा पनि व्यवसाय सन्चालन गर्न सकिने र वैदेशिक रोजगारीमा जाँदा पनि राम्रो काम गाउन सकिने भएकोले गाउँपालिकाको तर्फ बाट सिपमुलक तालिम प्रदान गरिएको कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिकवाकोटीले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is dre-1024x768.jpg


तालिम अवधी छोटो भएपनि हामीले धेरै कुरा सिकेका छौ.। प्रशिक्षकहरु बाट हामिलाई कफिका विभिन्न प्रकार बनाउन सिकाउनु भएको छ । यस बाट आफु व्यावायी बन्न सक्ने आत्माविश्वास भएको सहभागी मुना ढुङ्गेल बताउनुहुन्छ ।
तालिम बाट जिवनमा केहि गर्न सकिन्छ भन्ने आत्म विश्वस भएको छ । तालिम पुर्व यस व्यवसाय तर्फ शुन्य नै थिर्यौ भने अहिले व्यवसाय सन्चालन गर्न सकिनेमा आफु ढुक्क भएको प्रशिक्षर्थी नविन नेपाल बताउनुहुन्छ ।

This image has an empty alt attribute; its file name is d-1024x768.jpg


व्यासाय मात्र सन्चालन गरेर हुदैन य्राहाकलाई आदर र सम्मान गर्न पनि सिक्नु पर्छ । त्यो सबै कुरा तपाईहरुले तालिम बाट सिक्नु भएको छ । त्यो कुरालाई व्यावहारमा लागु गर्नुहोस् । अहिले पनि विभिन्न ठाउँ बाट कफी बनाउने जन शक्तिको माग आएको छ । ईच्छुकले जागिर खानुहोस् जागीर नखानेले आफ्नै ठाउँमा व्यवसाय सन्चालन गर्न उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहालले अनुरोध गर्नु भयो ।
कार्यक्रममा वडा नम्वर १ का वडा अध्यक्ष केदार कटुवाल, वाड नम्वर २ का कार्यवाहाक वडा अध्यक्ष दुर्गा प्रसाद न्यौपाने ३ का वडा अध्यक्ष नर प्रसाद दंगाल, महिला तथा वालबालीका शाखा प्रमुख रेनुका गौतम,समावेशी महिला शसक्तिकरण केन्देकी सचिव ममता गुरुङ्ग ,लगायतको उपस्थित रहेको थियो ।

This image has an empty alt attribute; its file name is cd-1024x768.jpg


तालिममा गाउँपालिकाका सात वटै वडा बाट ५५ जना सहमागी रहेका छन् । सहभागीलाई तिन सिप्टमा तालिम प्रदान गरिने छ । तालिमको सहजीकरण प्रकास कटुवाल र अंकित दाहालले गर्नुहुदै छ ।
सस्थाकी सदस्य नन्दा मेन्याङ्गवो से सन्चालन गर्नु भएको थियो भने सदस्य सिता राई सेर्पाले स्वगत गर्नु भएको थियो ।

Back to top button