कोभिड १९ बाट नागरिकलाई जोगाउन प्रहरी चौकी केर्खाको घरदैलो अभियान

उमानाथ भण्डारी

कमल , माघ १८ । कोभिड १९ को तेश्रो भेरियन्टको संक्रमण बाट नागरिकलाई जोगाउनकालागी प्रहरी चौकी केर्खाले घरदैलो अभियानलाई तिब्रता दिएको छ ।
कोभिडको संक्रमण बाट नागरिकलाई जोगाउन प्रहरी चौकी केर्खाले कमल गाउँपालिका वडा नम्वर ३ केर्खा बजारमा रहका अटो चालक, मोटर साईकल चालक, विध्यार्थि, व्यावसायी, सर्वसाधारण लगायतलाई माक्स वितरण गर्नुका साथै जनचेतना मुलक सन्देश प्रदान गरेको छ ।

This image has an empty alt attribute; its file name is zs-1024x768.jpg


समुदाय प्रहरी साझेदारीको व्यानर सहित उपस्थित रहेको प्रहरीले सवारी चालक लाई निःशुल्क माक्स वितरण गर्नुका साथै केर्खा बजारमा रहेका व्यवसायी तथा सर्वसाधरण विध्यध्यार्थिलाई कोभिड १९ बाट बच्ने उपाय र सावधानीका बारेमा जनचेतना मुलक सन्देस प्रवाह गर्दै व्यासायीको पसल पसल पुगेर जानकारी गराएको प्रहरी चौकी केर्खाका ईन्चार्ज नविन सुयलले जानकारी दिनुभयो ।
कोभिड १९ बाट आफ्ना नगरिकलाई जोगाउनकालागी यति बेला गाउँपालिकाले समेत विभिन्न कार्यक्रम गरिरहेको र त्यसमा सबैले साथ दिए मात्र संक्रमण बाट जोगिन सकिने कमल गाउँपालिका ३ नम्वर वडा अध्यक्ष नरप्रसाद दंगालले बताउनु भयो ।
कार्यक्रममा नेपाल प्रहरी, ट्राफिक प्रहरी, जनप्रतिनिधी सवारी चालक लगायतको सहभागीता रहेको थियो ।

Back to top button