कमल गाउँपालिका द्वारा कृषकलाई कृषि सामग्री तथा मेसिनरी औजार वितरण

उमानाथ भण्डारी

कमल , माघ २२ । झापाको कमल गाउँपालिकाले कृषकलाई कृषि सामग्री तथा मेसिनरी औजार वितरण गरेको छ ।
गाउँपालिकामा रहेका साना कृषकलाई सिचाई सुविधामा सहज होस भन्ने उद्देश्यले सिचाई मोटर उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।
विगत देखी नै सिचाईकालागी गाउँपालिकाले सिचाई मोटर वितरण गर्दै आईरहेका छ । जो कृषक नियमित रुपमा केती गर्नु हुन्छ तर सिचाईको व्यवस्था नभएका करण समस्यामा परेका कृषकलाई सिचाईमा सहज होस भनेर सातवटै वाडा बाट छनौट भएर आउनु भएका १८ जना कृषकलाई मोटर प्रदान गरिएको कमल गाउाँपलिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 1-12-1024x575.jpg


५जना परिवारको २ विघा भन्दा बढी खेति भएका कृषकलाई सामुहिक रुपमा सिचाई सुविधा उपलब्ध गराउनकालागी १८ थान सिचाई मोटर प्रदान गरिएको कृषि विकास शाखाका प्रमुख महेन्द्र वोहोराले जानकारी दिनुभयो ।कमल गाउँपालिकाले सुक्खा समय अन्तरगत फागुन,चैत,बैशाख र जेठ महिनामा चिसाईमा प्रयोग हुने विद्युत महशुलमा पचास प्रतिशत अनुदान दिने भएको छ ।

Back to top button