कमल गाउँपालिकामा सुरुभयो निःशुल्क ५० दिने लोकसेवा तयारी कक्षा

उमानाथ भण्डारी

कमल , माघ २५ । कमल गाउँपालिकाको लगानीमा सुरु भयो निःशुल्क ५० दिने लोकसेवा तयारी कक्षा
कमल गाउँपालिकाले विभिन्न सिपमुलक तालिमका लागि कार्यक्रम गर्दै आएको छ । विगत केही वर्षदेखि गाउँपालिकाले नयाँ क्षेत्रमा जनशक्ति उत्पादनकालागी समेत काम सुरुगरी गरिरहेको छ ।
यसैक्रममा गाउँपालिकाले आफ्नै क्षेत्रबाट निजामती क्षेत्रमा समेत कर्मचारी उत्पादन हुन सकुन भन्ने उद्देश्यका साथ वार्षिक कार्यक्रम नै बनाएर कार्यान्वायन गरिरहेको छ ।

विगत २ वर्ष देखि गाउँपालिकाले बजेटबाटै सम्बोधन गरेर निःशुल्क रुपमा गाउँमा रहेका यूवाहलाई लोकसेवा तयारी सम्बन्धीको कक्षा दिइरहेको छ । सोहि अनुसार यो वर्ष पनि ५० जना विद्यार्थीका लागि निःशुल्क लोकसेवा कक्षाको शुरु गरिएको छ ।

सोमवार उद्धघाटन गरिएको कक्षा निरन्तर ५० दिनसम्म सञ्चालन हुने छ । तालिमको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले उद्धघाटन गर्नुभयो । कमल ५ स्थित कोभिड अस्पतालको सभाहलमा तालिम सन्चालन हुनेछ ।

लोकसेवाको क्षेत्रमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त प्रशिक्षकद्धारा प्रशिक्षण दिइने सञ्चालक सस्थाका प्रन्सिपल राजु गौतमले जानकारी दिनुभयो । यस प्रकारको तालिमले यूवाहरुलाई लोकसेसवामा आकर्षण बढाउनुका साथै लोकसेवाका बारेमा जानकारी समेत प्राप्त हुने विस्वास नगरको रहेको छ । कार्यक्रममा नगरका गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले यो तालिमको अधिकतम् फाईदा उठाएर लोकसेवामा नाम निकाल्न प्रशिक्षार्थीहरुलाई शुभाकामना दिनुभयो ।

यस्तै गाउँपालिका उपाध्यक्ष बेनु सिवाकोटीले लोकसेवा पैसा तिरेर पढ्न निकै खर्च लाग्ने र वाहिर जानुपर्ने बाध्यता समेत रहेकोले पैसा तिर्न नसक्ने र लोकसेवा पास गरी सरकारी सेवामा काम गर्ने ईच्छुक यूवाहरुका लागि लक्षित गरेर तालिम सन्चालन गरीएको बताउनु भयो ।
केहि वर्ष अघिसम्म लोकसेवा क्षेत्रमा नेपालको पश्चिमी क्षेत्रका नागरिकको मात्रै चासो रहने गरेकोमा पूर्वमा पनि यसको महत्व विस्तार गर्न समेत यो कार्यक्रमले मद्यत पुर्याउने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताउनुभयो ।
कर्मचारी बृत्त हेर्ने हो भने अधिकांश पश्चिम जिल्लाका छन्। पूर्वतिरका कमै मात्र उत्पादन हुने गरेको मा यस्ता तालिमले सरकारी सेवामा जागीर खन ईच्छुक युवाहरुकालागी सहयोग पुग्ने अधिकृत राई बताउनुहुन्छ ।
हरेक वर्ष १०० जना विद्यार्थीलाई प्रशिक्षण दिइदै आइएको छ । यहि तालिममा सहभागी मध्येबाट १४ जनाले परिक्षामा सहभागी भएर नाम समेत निकाली सकेको र विभिन्न स्थानीय तह लगायत सरकारी निकायहरुमा सेवा सुरु गरिसकेको समेत कार्यक्रम सञ्चालन गर्ने सस्था सिएससिआइका सस्थागत प्रन्सिपल राजु गौतमले बताउनु भयो ।

Back to top button