सवारी दुर्घटनामा परी गहतराजको मृत्यु

कमल , माघ २७ । सवारी दुर्घटनामा परी आज एक युवकको मृत्यु भएको छ ।
पुर्वपश्चिम सडक खण्ड अन्तर्गत झापाको कमल गाउँपालिका ४ सिद्धार्थ चौक नजिकै भएको सवारी दुर्घटनामा परि शिवसताक्षी नगरपालिका ८ झिलझिले निवासी ४१ वर्षिय नर वबादुर गततराजको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
पुर्वबाट पश्चिम जाँदै गरेको मे ६ प २७१८ नम्वरको स्कुटरलाई पश्चिम जादै गरेको मे १ च ११६७ नम्वरको बोलेरोले ठक्कर दिदा घाईते भएका गहतराजको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Back to top button